शिक्षामा लगानी पुगेन : मुख्य मन्त्री

कार्तिक १८, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारले शिक्षामा आवस्यकता अनुसारको लगानी गर्न नसकेको आरोप लगाउनु भएको छ । पूर्वी नवलपरासीको गैंडाकोटमा सम्पन्न शिक्षा समाज नेपालको चौथो साधारण सभालाई सम्बोधन गर्दै उहाँले संविधानमा शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरिएपनि केन्द्र सरकारले नै आवस्यकता अनुसारको लगानी गर्न नसकेका कारण अपेक्षित प्रतिफल हुन नसकेको बताउनुभयो । 

उहाँले केन्द्र सरकारले शिक्षा ऐन बनाउन ढिलाई गरेको चर्चा गर्दै शिक्षा क्षेत्रमा रहेको उमेर हद पनि नमिलेको भन्दै त्यसलाई सच्याउन पर्ने उल्लेख गर्नुभयो । केन्द्र सरकारले शिक्षा ऐन ल्याउन ढिलाई गरेकाले अन्यौलता छाएको उहाँले बताउनुभयो । केन्द्रले शिक्षा ऐन ल्याउन ढिलाई गरे प्रदेश सरकारले ऐन ल्याएर कार्यान्वयन गर्ने उहाँको चेतावनी थियो । 


प्रतिक्रिया