अमेरिकी र अष्ट्रेलियन राजदुत रारामा

कार्तिक २९, २०७८

अमेरिकाका राजदुत रेण्डी बेरी र अष्ट्रेलियन राजदुत फिलिसिटी भोल्क भ्रमणका लागि रारा पुग्नु भएको छ । बेलायत राजदुत निकोला पोलिट आजै रारा जाँने कार्यक्रम छ । कोरोना महामारी न्यून भएपछि रारामा यो पहिलो विदेशी भ्रमण हो । काठमाडौं देखि हवाई मार्ग बाट नेपालगञ्ज र नेपालगञ्ज देखि तारा एयरमा दुबै मुलुकका राजदुत पहिलो पटक रारा भ्रमण पुग्नु भएको हो । जलवायू परिर्वतनले पारेको प्रभाव सम्बन्धि अनुसन्धान गर्न र मुगुमा संचालन गैसस मार्फत सञ्चालित परियोजना अवलोकन गर्न अमेरिकन र अष्ट्ेरलियन राजदुत रारा भ्रमणमा पुगेको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताउनु भयो । 

 रारा भ्रमणमा पुगेका राजदुतहरु मुर्मा गाउँमा गएर स्थानीयबासी संग जलवायूले पारेको असर बारेमा सोधपुछ गुनासा सुनुवाई र गैरसरकारी निकायले गरेको कामकाज र प्रभाव बारे हेरफेर गर्ने भएका छन् । मुगुका स्थानीयको दुखेसो जलबायूको असर बारे बुझन र मुगुको रमणीय स्थान रारा र हिमालको अबलोकन गर्न आएको अष्ट्रेलियन राजदुत फिलिसिटी भोल्कले बताउनुभयो । दोश्रो दिन भोलि रारा तालको किनारमा रारा निकुञ्जका कर्मचारी होटल ब्याबसायि संचारकर्मी नागरिक समाज सित जलबायू परिर्बतनले पारेको असर बारे छलफल गर्ने कार्यक्रम तय गरिएको छ । तेश्रो दिन रारा विमानस्थलमा जिल्ला समन्वय समितिका संयोजक पूर्णबहादुर रोकाया छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाही र प्रमुख जिल्ला अधिकारीसंग भेटघाट संगै जिल्लाको विकास जलवायू असर बारे अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ । सन २०११ मा ६ देशका राजदुत रारा भ्रमण आएका थिए । 


प्रतिक्रिया