घर्तीगाउँमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

मंसिर २, २०७८ | रोल्पा

रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङका लागि हिडेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिकाको तालाबाङस्थित तार्केबाङ सडकबाट करिब १ सय फिट तल माडीखोलामा खसेर दुर्घटना भएको हो । 

मृत्यु भएका ३ पुरुष र १ जना महिलाको पहिचान खुल्न नसकेको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताउनुभयो । १७ जना यात्रु घाइते छन् । गम्भीर ३ जनालाई जिल्ला अस्पताल रोल्पामा ल्याइएको छ भने अन्यलाई घर्तीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार गरिएको छ ।

 प्रनाउ सुवेदीका अनुसार दुर्घटनापछि बसमा ठूलो क्षति पुगेको र मृतकमध्ये दुई जनाको शव चेपिएको अवस्थामा देखिएकाले जेसीभीको सहयोगले अन्यको खोजी गर्न थालिएको छ । बस दुर्घटना हुनुको कारण भने खुलेको छैन । 


प्रतिक्रिया