कांग्रेस महाधिवेशन : ६३ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न

रेडियो कान्तिपुर संवाददाता

मंसिर ८, २०७८ | काठमाडौं

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ६३ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेका ३५ मध्ये ३२ वटा जिल्लामा क्षेत्रिय अधिवेशन सम्पन्न भएको हो ।

 एक मात्र निर्वाचन क्षेत्र रहेका बाँकी रहेका रसुवा, धनकुटा र दार्चुलामा क्षेत्रिय अधिवशेनको चुनावी प्रक्रिया शुरु भएको निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठले बताउनुभयो । एक भन्दा बढी निर्वाचन क्षेत्र रहेका ४२ मध्ये ३१ वटा जिल्लामा क्षेत्रिय अधिवशेन सम्पन्न भइसकेको उहाँको भनाई छ । दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्र रहेका सर्लाही, सिरहामा नगर अधिवेशन तोकिएको छ । धनुषा, महोत्तरीमा प्रदेश अधिवशेनको प्रक्रिया शुरु भएको छ । 

रौतहट, बारा र पर्सामा नगर तहको चुनावी प्रक्रिया शुरु भएको छ । यस्तै सिन्धुपाल्चोक, बर्दिया र सुर्खेतमा पनि क्षेत्रिय अधिवशेनको प्रक्रिया शुरु भएको निर्वाचन समितिले जनाएको छ । क्रियाशिल सदस्यता विवादका कारण रोकिएको सर्लाही जिल्लामा भोलीबाट वडा तहको अधिवेशन सुरु हुने छन् । 

असन्तुष्ट पक्षबीच हिजो सहमति भएसंगै नयाँ निर्वाचन अधिकृत सो जिल्लामा खटाइएको सचिव श्रेष्ठले बताउनुभयो । त्यस्तै कांग्रेसले शुक्रबारबाट एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको जिल्ला अधिवेशन गर्दैछ । त्यस्तै मंसिर १६ र १७ प्रदेश अघिवेशन कार्यतालिका छ । जस अन्तर्गत ६२ जिल्लामा क्षेत्रिय अधिवेशन सम्पन्न भएको छ । 


प्रतिक्रिया