लिङ्देन र राणाले भोलि उम्मेदवारीको औपचारिक घोषणा गर्ने

मंसिर ८, २०७८ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनमा मोर्चा बनाएर जाने निर्णय गरेका महामन्त्री राजेन्द्र लिङ्देन र नेता धवलशमशेर राणाले भोलि उम्मेदवारीको औपचारिक घोषणा गर्ने भएका छन् । हाल अध्यक्ष रहेकाहरु पशुपति शमशेर राणा, कमल थापा र डा. प्रकाशचन्द्र लोहनीले अभिभिावकीय भूमिका मात्रै निर्वाह गर्नुपर्ने बताउँदै आएका लिङदेन र राणाले काठमाण्डौको एल्लो प्यागोडा होटलमा भोलि उम्मेदवारी घोषणा गर्दैछन् । 

लिङदेनलाई अध्यक्षमा उठ्न धवलशमशेर राणाले नै प्रस्ताव गर्ने सहमति यो समूहमा जुटेको छ । बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणा महामन्त्रीका उम्मेद्वार हुनेछन् । सुदृढ र सबल राप्रपाका लागि पुस्तान्तरण आवश्यक रहेको र त्यसैका लागि साझा मोर्चा बनाउन लागिएको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य रबिन चाम्लिङले बताउनुभयो ।

राप्रपाले यही मंसिर १५ देखि १७ सम्म काठमाडौंमा एकता महाधिवेशन गर्दैछ । 


प्रतिक्रिया