कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी

मंसिर १७, २०७८
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षाफलको तयारीका लागि बोर्ड बैठक केहीवेरमा बस्दैछ । गत भदौ ३० देखी असोज ८ गतेसम्म संचालित परीक्षामा ३ लाख ७४ हजार हाराहारीमा विद्यार्थी सहभागी भएका थिए । परीक्षा गत वैशाखमै तोकिए पनि कोरोना संक्रमण जोखिम बढेका कारण २ पटक सम्म स्थगित गरिएको थियो ।
कोरोना संक्रमण जोखिमकै कारण गत वर्ष समेत कक्षा १२को परीक्षा ढिलो संचालन भएको थियो । विद्यालय तहको अन्तिम परीक्षा भएकाले कक्षा १२को परीक्षा मिति धकेलिँदा विश्वविद्यालय शैक्षिक क्यालेन्डर समेत प्रभावित भएको छ ।
यसैविच, त्रिभुवन विश्वविद्यालयले स्नातक तहको भर्ना खुलाउनेबारे पर्सी आइबार निर्णय गर्ने भएको छ । गत वर्ष फागुनमा स्नातक तहको शैक्षिक सत्र संचालन गरेको त्रिविले यो वर्ष २ महिना अगावै भर्ना खुलाएको हो । कोरोना संक्रमण जोखिम सामान्य बन्दै गएको अवस्थामा आगामी शैक्षिक सत्र देखी नियमित रुपमा असोजदेखीनै भर्ना खुलाउन सकिने अनुमान त्रिविको छ ।