बाग्मतीमा मन्त्रिपरिषद् बिस्तार गर्न मन्त्रालय विभाजन

मंसिर १८, २०७८ | मकवानपुर

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् बिस्तारको तयारी गर्नु भएको छ । जम्बो मन्त्रिपरिषद् बिस्तारका लागि मन्त्रालय समेत विभाजन गरिएको छ । 

प्रदेशमा हाल कायम रहेको ८ मन्त्रालय फुटाएर मन्त्रालयको संख्या १४ वटा बनाउन लागिएको हो । मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार मन्त्रालय थप गरी राजपत्रमा सूचना समेत प्रकाशन गरिएको छ । 

हालको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बनाईएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । 

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपन्क्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाईएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाईएको छ । 

सामाजिक विकास मन्त्रालय फुटाएर यूवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय बनाइएको छ । मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारलाई गठबन्धन भित्रका दलहरुलाई भागबन्डा मिलाउन मन्त्रालय थप गरिएको हो । 


प्रतिक्रिया