पछिल्लो २४ घण्टामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

मंसिर १९, २०७८

पछिल्लो २४ घण्टामा मूलुकभर २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ९ सय ९५ पीसीआर परिक्षणमा २ सय र २ हजार ७ सय ५२ एन्टीजेन परिक्षणमा ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

सोही अवधिमा ४ सय ३६ जना संक्रमणमुक्त भएका छन् । सोही अवधिमा १ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४१ पुगेको मन्त्रालयले जनाएको छ । देशभर ६ हजार ५ सय ७ सक्रिय संक्रमित रहेका छन् । 


प्रतिक्रिया