स्थानीय तहको निर्वाचन बैशाख भित्रै: प्रमुख आयुक्त थपलिया

मंसिर २४, २०७८ | संखुवासभा

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी बैशाख महिना भित्र स्थानीय तहको निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग रहेको बताउनुभएको छ । संखुवासभाको खाँदबारीमा आज आयोजित कार्यक्रममा उहाँले स्थानीय तहको निर्वाचन बैशाखभित्र सम्पन्न गराउन आयोगले तयारी थालिसकेको बताउनुभएको हो । थपलियाका अनुसार यो पटक देशका सबै स्थानीय तहमा एकैसाथ निर्वाचन गरिने छ ।

राजनीतिक अनुकुलता र प्रशासनीक खर्चलाई कम गर्न एकैसाथ निर्वाचन हुने उहाँको भनाई छ । प्रमुख आयुक्त थपलियाले अब आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गरी मतदान गर्न सकिने व्यवस्था मिलाएको पनि जानकारी दिनुभयो ।  


प्रतिक्रिया