नाकामा मलेरियाका बिरामी भेटिदैं

पुस १६, २०७८

बाँके स्थित जमुनाह नाकामा कोभिडसंगै मलेरियाको जाँच हुने गरेको छ । भारतबाट आएका तीन जनामा मलेरिया देखापरेपछि नाकामा बिशेष निगरानी बढाउँदै जाँचलाई कडाइ गरिएको हो । नेपालगन्ज नाकामा रहेको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले साउन, भदौ र कात्तिकमा भारतबाट आएका तीन जनालाई मलेरिया देखिएको बताउनुभयो । 

उहाँका अनुसार भारतको पञ्जाव, चण्डीगढ, गुजरात, मुम्बई र दिल्लीबाट आएका नेपालीलाई मलेरिया जाँच गर्ने गरिएको हो । चैत्रदेखि नै यो क्रम चलिरहेको छ । ल्याब टेक्निसियन ज्ञवालीका अनुसार बाँके, बर्दिया र कैलालीका एक/एक जनालाई मलेरिया देखिएको हो नेपालगन्ज नाकाबाट धेरै मानिस कालापहाड, सिमला, प्रयाग जाने गर्दछन् । गतवर्ष बाँकेमा मलेरियाका ४२ जना बिरामी थिए ।


प्रतिक्रिया