माघ ६ गतेबाट मनकामना मन्दिरमा भक्तजन प्रवेशमा रोक

माघ ४, २०७८ | गोरखा

कोरोना भाइरसको बढ्दो संक्रमणका कारण गोरखाको मनकामना मन्दिर प्रवेशमा भक्तजनलाई रोक लगाइएको छ । 

मंगलबार बसेको सरोकारवालाको बैठकले ६ गते (बिहीबार) देखि माघ मसान्तसम्म नित्य बाहेकका पूजामा रोक लगाउने निर्णय गरेको हो । 

कोरोनाको संक्रमण फैलिन नदिन बिहीबारबाट भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइने मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘धार्मिक शक्तिपीठहरु बन्द गर्ने नेपाल सरकारको पौष ३० को आदेशलाई कार्यान्वयन गरेका हौँ ।’ 

मन्दिरमा भक्तजनबाट हुने बली पूजा, लाखबत्ति बाल्ने जस्ता धार्मिक गतिविधि पनि रोक लगाइएको छ । मनकामनामा मन्दिरमा हाल दैनिक सरदर दुई हजारसम्म भक्तजन पुग्थे ।


प्रतिक्रिया