४० लाख मोर्डेना खोप ल्याइदै

माघ १०, २०७८

कोरोना संक्रमण विरुद्धको ४० लाख डोज मोर्डेना खोप नेपाल आउँदै छ । विश्व स्वास्थ्य सँगठन अन्तर्गतको कोभ्याक्स सुबिधामा सहुलियतदरमा खरिद गरिएको सो परिमाणको खोप आज र भोली गरेर दुई चरणमा नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पहिलो चरण अन्तर्गत कतार एयरलाइन्सको विमानबाट आज राती सो खोप नेपाल ल्याइने मन्त्रालय अन्तर्गतको आपूर्ती तथा व्यवस्थापन महाशाखाका प्रमुख डा. सुरेन्द्र चौरासियाले बताउनुभयो । त्यस्तै, दोस्रो चरण अन्तर्गत भोली बिहान सबै खोप नेपाल ल्याइने जनाइएको छ । 

नेपालमा मोर्डेनाको खोप १२ देखी १७ वर्ष उमेर समुहका बालबालिका तथा किशोरकिशोरीका लागि लगाइने प्रावधान तोकिएको छ । यस अघि पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा तथा अन्य सोही उमेर समुहका व्यक्तिलाई पहिलो मात्राको रुपमा खोप लगाइने तय भएको डा. चौरासियाले बताउनुभयो ।   


प्रतिक्रिया