नामाकरणबारे छलफल गर्न प्रदेश १ को सर्वदलीय बैठक बस्दै

फाल्गुन १०, २०७८

नामकरणका विषयमा छलफल गर्न आज प्रदेश १ को सर्वदलीय बैठक बस्दैछ । नामकरणबारे छलफल गर्न सत्ता गठबन्धनमा रहेका ५ दल, प्रतिपक्षी नेकपा एमाले र राप्रपासहितको बैठक विराटनगरमा बस्न लागेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले प्रदेशको नामकरणका लागि स्वास्थ्यमन्त्री जयराम यादवलाई समन्वय गरेर सहमतिको वातावरण बनाउने जिम्मेवारी दिएको छ ।

कांग्रेस, माओवादि केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको सत्तारुढ गठबन्धन दलले प्रदेशसभामा गठबन्धन दलबाट एउटामात्रै नाम प्रताव गर्ने सहमति गरिसकेको छ ।

पाँच दलीय गठबन्धनको ५०, एमालेको ४१ राप्रपाको १ गरी ९२ सद्स्यीय प्रदेश सभामा नामकरणका लागि ६१ सांसद आवश्यक हुने संवैधननिक व्यवस्था छ । साढे तीन महिनादेखि स्थगित रहेको प्रदेशसभाको बैठक आगामी फागुन १५ गतेका लागि बोलाइएको छ ।


प्रतिक्रिया