काङ्ग्रेस अछामको सभापतिमा शाह विजयी

फाल्गुन २३, २०७८ | अछाम

नेपाली काङ्ग्रेस अछामको सभापतिमा पुष्पबहादुर शाह निर्वाचित हुनु भएको छ । पहिलो चरणमा चुनावमा पुष्पबहादुर शाह , भरत कुमार स्वार र राजन कुँवरले मध्य कसैले पनि ५० प्रतिशतभन्दा धेरै मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन भएको हो । स्वार र शाह संस्थापन पक्षका हुन् भने कुँवर संस्थापन इतरका हुन् । 

दोस्रो चरणमा खसेको १४ सय ९३ मतमा शाहले ७ सय ७९ ल्याएर सभापतिमा विजयी भए भने निकटतम प्रतिद्वन्द्वी स्वारले ७ सय ११ मत प्राप्त गरे । जिल्ला कार्यसमिति , महासमिति सदस्यको मत गणना पनि आज राति नै हुने निर्वाचन समितिले जनाएको छ । 


प्रतिक्रिया