महाकालीको धार नेपाल फर्काएपछि स्थानीयद्धारा प्रतिकार

फाल्गुन २६, २०७८

दार्चुलाको सदरमुकामस्थित बङ्गाबगरको पारिपट्टी भारतले आज पनि महाकाली नदीको धार नेपालतर्फ फर्काउन थालेपछि स्थानीयले प्रतिकार गरेका छन् । स्काईभेटर लगाएर नदीको धार बङ्गाबगरमा निर्माण भएको तटबन्धमा लगाएपछि स्थानीयले ढुङ्गा हानेर काम रोकेका थिए । 

भारतीय पक्षले महाकालीको बीच नदीमा पानीको बहाव नेपाल फर्काएको छ । करिब एक सय मिटर क्षेत्रमा महाकाली साँघुरो बग्ने र नदीको धार नेपालतिर फर्काइएको हाम्रा सहकर्मी मनोज बडुले जनाएका छन् । केही दिनदेखि नदीमा ठूला ढुंगा पन्छाइरहेको स्काइभेटरले आज बीच नदीमा पुगेर महाकालीको धार नेपालतिर लगाएको स्थानीय विक्रम बडालले बताउनुभयो । 

यसअघि मंगलबार पनि लास्कु खोला नजिक भारतीय पक्षले महाकालीको वारि नदी किनार आएर धार परिवर्तन गर्न खोजेपछि बङ्गाबगरका स्थानीयले ढुङ्गा प्रहार गरेका थिए । त्यसको प्रतिकारमा भारत खोतिला क्षेत्रका नागरिकले नेपालतर्फ पनि ढुङ्गा हानेका थिए । 


प्रतिक्रिया