आदर्श कोतवाल गाउँपालिकाका अध्यक्षसहित ५ जना एमाले प्रवेश
फाल्गुन २८, २०७८ | बारा
बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अंसारीसहित ५ जना जनप्रतिनिधिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । आदर्श कोतवालका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नु भएको हो ।
मुस्तुफा सहित माओवादी केन्द्र लगायत अन्य पार्टीका चार जना वडाध्यक्षहरु पनि एमाले प्रवेश गरेका छन् ।
आदर्श कोतवाल गाउँपालिकास्थित रामचरित्र माविमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले अंसारीसहित ५ जना जनप्रतिनिधिहरु टीका र माला लगाई स्वागत गर्नुभयो ।