रोल्पाको शिव गुफामा यात्रु आवास गृह निर्माण

चैत्र २, २०७८ | रोल्पा

रोल्पाको त्रिवेणी गाउँपालिका–५ जुगारमास्थित शिव गुफा र शिव मन्दिर परिसरमा यात्रु आवास गृह निर्माण गरिएको छ । पर्यटकीय स्थल शिव गुफाको प्रवर्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाको लगानीमा आवास गृह निर्माण गरिएको हो । 

गाउँपालिकाको ४ लाख ८५ हजार रुपैयाँ लगानीमा आवास गृह निर्माण गरेको हो । साँघुरो तर आकर्षक गुफा हेर्न दैनिक रुपमा मानिसहरु आउने गरेका छन् । शिव गुफा दार्शनिक केन्द्रका तदर्थ समितिका सयोजक बेगम कुमार वलीले तीर्थालु र आगन्तुकका लागि आवास गृह निर्माण गरिएको बताउनुभयो । 

गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले सो गृहको उद्घाटन गर्दै गुफा अवलोकनका लागि आउने पर्यटकका लागि सजिलो भएको बताउनुभयो गुफा नजिकै ४ लाख ८५ हजारमै शिव मन्दिर समेत निर्माण गरिएको छ । मन्दिरदेखि गुफासम्म गोरेटा बाटो समेत निर्माण गरिएको छ । 

गाउँपालिकाको २ लाख लगानीमा मन्दिरको घेराबार समेत गरिएको छ । जिल्लाकै मुख्यमध्येमा पर्ने शिव गुफाको विकास र प्रवर्धनमा स्थानीयले ध्यान दिंदै आएका छन् । 

केन्द्रका संयोजक वलीले दैनिक रुपमा पूजाआजा गर्न पुजारीको चयन गर्नुपर्ने बताउनुभयो । टाढाबाट आउने यात्रुलाई बस्न सजिलोका लागि आवास गृह बनाइएको वडा नं ५ का अध्यक्ष कृष्णबहादुर केसीले बताउनुभयो । 


प्रतिक्रिया