कांग्रेसले लखेटे एमालेसँग पनि तालमेल हुन सक्छ : दाहाल

चैत्र ३, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनमा एमालेसँग तालमेलका लागि ढोका बन्द नभएको बताउनुभएको छ । नेपाली कांग्रेसले गठबन्धनबाट लखेट्न खोजेको अवस्थामा एमालेसँग चुनाव तालमेलको सम्भावना कायम नै रहने दाहालको भनाइ छ । उहाँले चुनावी तालमेल गर्न नहुने कंग्रेस नेताहरुको अभिव्यक्तिलाई अतिवादी विचारको संज्ञा समेत दिनुभएको छ । वुटवलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले भन्नुभयो ।

चुनावी तालमेल हुनेमा विश्वस्त देखिएपनि उहाँले एक्लै प्रतिस्पर्धा गर्ने बिषयलाई प्राथमिकतामा राखिएको बताउनुभयो । अध्यक्ष दाहालले कार्यकर्तालाई आफ्नै शक्ति र एजेण्डामा निर्वाचन लड्ने र जित्ने गरी तयार हुन निर्देशन दिनुभयो ।

यसैवीच, माओवादी केन्द्रका अध्यक्ष दाहालले स्थानीय तह निर्वाचनबारे आशंका नराख्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री शेरवहादुर देउवासँग आज विहान भएको छलफलबारे जानकारी दिदै उहाँले भन्नुभयो ।

लुम्बिनी प्रदेशको प्रदेशस्तरीय निर्वाचन केन्द्रित प्रशिक्षणलाई सम्बोधन गर्न दाहाल वुटवल पुुग्नुभएको हो । अन्य दल जस्तै माओवादीले चुनावी अभियानलाई तीव्रता दिएको छ । 


प्रतिक्रिया