बझाङमा शान्तिपुर्ण रुपमा मतदान हुँदै

वैशाख १५, २०८१ | बझाङ

प्रदेशसभा अन्तर्गत बझाङ–१ मा शाािन्तपूर्ण रुपमा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा मतदान कार्य भईरहेको निर्वाचन अधिकारीको कार्यालयले बताएका छन् । 

बिहान ८ः३० बजेसम्म पाँच प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बझाङ–१ अन्तर्गतका ७४ मतदान स्थलमा रहेका ९३ वटै मतदान केन्द्रमा अहिले मतदान भईरहेको छ । 

यस निर्वाचन क्षेत्रमा ६१ हजार ७४८ जना मतदाता रहेका छन् । अहिले मतदाताको उपस्थिति पातलो देखिन्छ । बिहानको समय मानिसहरु काममा व्यस्त भएको हुनाले दिउँसो मतदाताको संख्या बढ्दै जाने जिल्ला निर्वाचन अधिकारी मदन धामीले बताउनुभयो । 

मतदान कार्य व्यवस्थित र सुरक्षित बनाउनका लागि एक हजार पाँच सय बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुँइकेलले बताउनुभयो । 

सुरक्षा समितिको विश्लेषण अनुसार २३ वटा मतदान केन्द्र अति संवेदनशील रहेकोले सोही अनुसार सुरक्षा व्यवस्थापन गरिएको कुँइकेलले जानकारी दिनुभयो । 

सुरक्षा संवेदनशीलता हेरेर सातदेखि १५ जनासम्म प्रहरी एउटा मतदान केन्द्रमा खटाइएको छ । थप सुरक्षाकर्मी सहितको मोवाईल टोलीले पनि गस्ती गरिरहेको छ । 

नेपाल, प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरुले समन्वयतात्मक रुपमा काम गरिरहेको जिल्ल प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत शाहले बताउनुभयो ।


प्रतिक्रिया