सङ्वासभामा ५ दलीय गठबन्धन टुट्यो

वैशाख २, २०७९

स्थानीय तहको निर्वाचनमा संखुवासभामा ५ दलीय गठबन्धन नहुने भएको छ । खाँदबारीमा ४ दिनसम्म गठवन्धनको बैठक बस्दा पनि निस्कर्षमा नपुगेपछि गठबन्धन टुटेको सङ्केत देखिएको छ । गठबन्धन समितिका संयोजक तथा काङ्ग्रेस सभापति दिपक खड्काले पटकपटक छलफलमा बस्दा पनि निर्णय हुन नसकेको बताउनुभयो । 

सभापति खड्काले भागवण्डामा कुरा नमिलेपछि ५ दलीय गठबन्धन नहुने पक्का भएको उल्लेख गर्नुभयो । नेकपा माओवादी केन्द्रले अन्तिम समयमा सहमतिमा हस्ताक्षर गर्न नमानेपछि संखुवासभामा गठबन्धनको सम्भावना समाप्त भएको कााग्रेस सभापति खड्काले बताउनुभयो । संखुवासभामा १० स्थानीय तह छन् । यसअघिको स्थानीय तह निर्वाचनमा कांग्रेसले २ नगर सहित ३ गाउँपालिका र एमालेले ३ नगर सहित २ गाउँपालिका जितेको थियो ।


प्रतिक्रिया