तनहुंमा एमाले र जोशी समूहबीच चुनावी तालमेल

वैशाख ४, २०७९

तनहुंमा नेकपा एमाले र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल हुने भएको छ । सहमति अनुसार नेकपा एमाले तनहु“ र जोशी समूहका ४–४ जना गरी ८ सदस्यीय चुनाव परिचालन समिति गठन गरिने भएको छ । गोविन्दराज जोशीका छोरा दीपकराज जोशीले व्यास नगरपालिकाको प्रमुखमा यसअघि नै उम्मेद्वारी घोषणा गरिसक्नु भएको छ । 

कांग्रेस तनहु“ले चुनावमा स“गै जान चासो नदिएपछि एमालेस“ग मिलेर जिल्लाका १० वटै पालिकामा चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरिएको पूर्वमन्त्री जोशीले बताउनुभयो । तनहु“मा कांग्रेस नेता रामचन्द्र पौडेल र गोविन्दराज जोशीको राजनीतिक द्वन्द्व छ । गत प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता पौडेलविरुद्ध बागी उम्मेदवारी दिएपछि कांग्रेसले जोशीलाई पार्टी सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।


प्रतिक्रिया