गोरखा नगरपालिकाका मेयर आफ्नै कार्यकर्ताबाट कुटिए

वैशाख १२, २०७९

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठ आफ्नै कार्यकर्ताबाट कुटिएका छन् । उम्मेदवारी दर्ताका लागि फोटो खिच्न लागेका श्रेष्ठलाई असन्तुष्ट कांग्रेस कार्यकर्ताले गोरखा नगरपालिका–६ स्थित बैंंकरोडमा पसल भित्रै पसेर कुटपिट गरेका हुन् । 

कुटपिटबाट श्रेष्ठको हातमा चोट लागेको छ । गोरखा नगरपालिकाको उम्मेदवारी छनौटमा असन्तुष्टि जनाउँदै कांग्रेस कार्यकर्ताहरुले हिजो बिहान कांग्रेस पार्टी कार्यालय र नगर समितिको कार्यालयमा तालावन्दी गरेका थिए । प्रदेश समितिको उम्मेदवारी छनौटको निर्णय सच्याउन माग गर्दै सडकमा धर्ना बसेका छन् । असन्तुष्ट मध्येका अमृत भण्डारीले कार्यकर्ताको भावना विपरित काम भएको र एकल प्रतिस्पर्धामा उत्रने निर्णय भएको प्रति आफूहरुको असन्तुष्टि रहेको बताउनुभयो । 


प्रतिक्रिया