स्वतन्त्र उम्मेदवारी फिर्ता हुने

वैशाख १४, २०७९

पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाका कांग्रेस सभापति बलबहादुर रानाले आफनै पार्टीकी उम्मेदवार बिरुद्ध अध्यक्षमा दर्ता गराएको उम्मेदवारी फिर्ता लिने भएका छन् ।

कांग्रेस जिल्ला उपसभापति बालकृष्ण घिमिरेका अनुसार गाउँपालिका अध्यक्षमा पार्टीका आधिकारीक उम्मेदवारविरुद्ध मनोनयन दर्ता गराएका सभापति रानाले मनोनयन फिर्ता लिने सहमती जनाउनुभएको हो । उहाँले पार्टीले उम्मेदवार बनाएको लक्ष्मी पाण्डेविरुद्ध स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । 


प्रतिक्रिया