नेपाली सेनाको टोली कञ्चनजंघा शिखरमा

वैशाख २४, २०७९

हिमाल सफाई अभियान अन्र्तगत नेपाली सेनाको टोली ताप्लेजुङमा अवस्थित संसारकै तेश्रो अग्लो शिखर कञ्चनजंघामा पुगेको छ । नेपाली सेनाले कञ्चनजंघामा पहिलोपटक आरोहण गरेको हो । क्याप्टेन राजु श्रेष्ठ र सिपाही अमित थापाको टोली आज बिहान ५ बजेर ५० मिनेटमा शिखरमा पुगेको सफाई अभियानको ह्यान्डलिङ एजेन्सि पिक प्रमोशन प्रालिका निर्देशक आङबाबु शेर्पाले जानकारी दिनुभयो । नेपाली सेनाका २ सहित हिमाल सफाई अभियानका ६ जना शिखरमा पुगेका हुन् ।

समुन्द्री सतहदेखि ८ हजार ५ सय ८६ मीटरको कञ्चनजंघालाई प्राविधिक रुपमा आरोहण गर्न कठिन हिमाल भनेर चिनिन्छ । गतवर्षहरुमा झैं यसवर्ष पनि नेपाली सेनाको अगुवाईमा सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमाल सफाई भईरहेको छ । सेनाले ती हिमालहरुबाट १३ हजार किलो भन्दा बढी फोहोर संकलन गरेको थियो । 


प्रतिक्रिया