बाजुराको भानोदय मतदान केन्द्रमा अवरुद्ध

वैशाख ३०, २०७९

बाजुराको बुढीगंगा नगरपालिका–५ भानोदय मावि मतदान केन्द्रमा मतदान कार्य अवरुद्ध भएको छ । कांग्रेस र एमाले कार्यकर्ताबीच विवाद भएपछि मतदान अवरुद्ध भएको हो । केहीबेर पक्षबीच ढुंगा हानाहान भएको प्रत्यक्षदर्शीले बताएका छन् । मतदान कार्यको व्यवस्थापनमा राखिएका सामग्री समेत तोडफोड भएका छन् । स्थिति नियन्त्रणमा लिन ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । 


प्रतिक्रिया