दाङको दंगिशरण १ मा कांग्रेसको प्यालन विजयी

वैशाख ३१, २०७९

दाङको दंगिशरण गाउँपालिका वडा नं. १ मा कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्षमा रमेश भण्डारी ६ सय ६४ मत पाएर विजयी भएको लुम्विनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । 

महिला सदस्यमा हुमा गिरी ६ सय ६७, दलित महिला सदस्यमा लक्ष्मी परियार, ६ सय ८७ मत तथा खुला सदस्यहरुमा मिना चौधरी ६ सय ७३ र चन्द्रलाल चौधरी ६ सय ७५ मतका साथ विजयी भएको कार्यालयले जनाएको छ ।


प्रतिक्रिया