शहिद लखन गाउँपालिकामा माओवादीका उमेदवार पुन: विजयी

जेष्ठ २, २०७९
गोरखाको शहिद लखन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका रमेश थापा र र उपाध्यक्षमा माओवादी केन्द्रकी इन्दिरा तिवारी विजयी भएका छन् । दुवै जना दोस्रो कार्यकालका लागि विजयी बनेका हुन् । थापाले ५ हजार चार सय ७४ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नारायण लामिछानेले चार हजार चार सय ३२ मत प्राप्त गर्नुभयो ।
त्यस्तै उपाध्यक्षमा विजयी बनेकी माओवादी केन्द्रकी तिवारीले चार हजार नौ सय ९६ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी शर्मिला श्रेष्ठले चार हजार चार सय ३२ मत मत प्राप्त गर्नुभयो ।