पाल्पाको निस्दीमा नेकपा एमालेको क्लिन स्विप

जेष्ठ २, २०७९

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत निस्दी गाउंपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी एमालेका उम्मेदवार मुक्त बहादुर सारु विजयी हुनु भएको छ ।

निर्वाचित अध्यक्ष सारुले ६ हजार ६ सय ५२ मत प्राप्त गर्नुभयो । सारुले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३ हजार १ सय ८६ मतान्तरले पराजित गर्नुभयो । 

पराजित अर्यालले ३ हजार ४ सय ६६ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा नेकपा एमालेका तिरन कुमारी श्रेष्ठ ६ हजार ६ सय ३८ मतसहित विजयी हुनुभयो । निर्वाचन अधिकृतका अनुसार निस्दीको सातै वडामा नेकपा एमालेको प्यानलले विजयी हासिल गरेका छन् । 


प्रतिक्रिया