मुगुमकार्मारोङमा अध्यक्षमा कांग्रेस उपाध्यक्षमा एमाले विजयी

जेष्ठ २, २०७९

मुगुको मुगुमकार्मारोङ गाउंपालिकाको अध्यक्षमा छिरिङक्याप्ने लामा र उपाध्यक्षमा एमालेकी छिरिङफुटिक लामा विजयी भएका छन् ।

छिरिङक्याप्नेले १ हजार ५ सय ७१ मत ल्याएर अध्यक्षमा विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका सोनाम लामाले १ हजार ४ सय ८१ मत प्राप्त गर्नुभयो । 

उपाध्यक्षमा एमालेकी छिरिङ फुटिकले १ हजा ५ सय ६१ मत प्राप्तगरि विजयी हुनुभयो । उहाँकी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका गुरुस्याङग्याप लामाले १ हजार ३ सय ८५ मत प्राप्त गर्नुभयो । 


प्रतिक्रिया