सुनकोसी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रकी दिपा बोहोरा पुन: निर्वाचित

जेष्ठ ५, २०७९

सिन्धुलीको सुनकोसी गाउँपालिकाको प्रमुखमा माओवादी केन्द्रका दिपा बोहोरा दाहाल ५ हजार ३ सय ७६ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्दी एमालेका रोमन राज गिरीले ५ हजार ९८ मत प्राप्त गर्नुभयो । अध्यक्षमा निर्वाचित दाहाल सोही गाउँपालिकाको निवर्तमान अध्यक्ष हुनुहुन्छ ।उपाध्यक्षमा गठबन्धनबाट कांग्रेसका कपिल कोइराला ६ हजार ५ सय ९४ मतसहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी एमालेकी हेमा अधिकारीले ३ हजार ९ सय ५८ मत प्राप्त गर्नुभयो ।


प्रतिक्रिया