सप्तरीको ५ पालिका प्रमुखमा कांग्रेस विजयी

जेष्ठ ८, २०७९

सप्तरीका १८ वटै स्थानिय तहको मतगणना सकिएको छ । अन्तिम मत परिणाम अनुसार नेपाली काग्रेसले ५ वटा पालिका प्रमुख र ७ वटा पालिका उपप्रमुखमा विजय हासिल गरेको छ । यस्तै, जनता समाजवादी पार्टीले ३ वटा पालिका प्रमुख जितेको छ, भने ५ वटा पालिका उपप्रमुखमा विजयी भएको छ । 

लोसपाले ३ पालिका अध्यक्ष र २ उपाध्यक्ष जितेको छ भने एमालेका उम्मेदवारहरु ३ पालिकामा प्रमुख र १ पालिका उपप्रमुख जितेको छ । जनमत पार्टीले २ पालिका प्रमुखमा जित निकालेको छ, भने एक पालिका उपाध्यक्षमा पनि विजयी भएको छ । माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी एक एक पालिका प्रमुख र उपप्रमुखमा विजयी भएको छ । 


प्रतिक्रिया