दार्चुलाको बडूगाउ र बाकुमा झोलुङ्गे पुल संचालन

जेष्ठ १२, २०७९

महाकालीमा नेपाल–भारत जोड्ने दुई झोलुङ्गे पुल संचालनमा आएका छन् । ब्यास गाउपालिका–६ बडूगाउ र मालिकार्जुन गाउपालिका–६ बाकुमा निर्माण सम्पन्न भएका दुईवटा पुलको उद्घाटन गरिएको हो । तुइन विस्थापन कार्यक्रम अन्तर्गत महाकाली नदीमा निर्माण गरिएका दुई वटा झोलुङ्गे पुल संचालनमा आएसंगै स्थानीयको वारिपारिको यात्रा सहज हुने भएको छ । 

नागरिकको सहजताका लागि निर्माण सम्पन्न दुबै पुलहरू नेपाल र भारतका अधिकारीहरुको उपस्थितिमा उद्घाटन गरिएको हो । एकै प्याकेजमा निर्माण सम्पन्न सीमा पुल सञ्चालनमा ल्याउन यसअघि नै निर्णय भइसकेको हुनाले त्यसै कार्यक्रमअनुसार पुलहरु संचालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले बताउनुभयो । 


प्रतिक्रिया