डीपीटी खोप लगाउँदा बच्चाको मृत्यु प्रकरणमा अनुसन्धान शुरु

जेष्ठ १३, २०७९

मोरङमा नवजात शिशुलाई डीपीटी खोप लगाएको एक घण्टापछि मृत्यु भएको घटनाबारे विश्व स्वास्थ्य संगठनले अनुसन्धान सुरु गरेको छ । मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका सोयल खानका अढाइ महिनाका छोरा सोयवलाई गत बुधवार कोसी अस्पतालमा नियमित खोप अन्र्तगत डीपीटी खोपको दोस्रो डोज लगाइएको थियो । 

डीपीटी खोप लगाए लगत्तै नाक र मुखवाट फिज आएर बच्चाको मृत्यु भएको उनको परिवारले बताएका छन् । अस्पतालका मेडिकल सुपरिटेण्ट डा. यज्ञ खरेलका अनुसार बच्चाको मृत्युबारे विश्व स्वास्थ्य संगठनले अनुसन्धान सुरु गरेको हो । खरेलले खोप लगाएकामध्ये अन्य शिशुलाई कुनै पनि समस्या नदेखिएको बताउनुभयो । विश्व स्वास्थ्य संगठनका प्रतिनिधि सम्मिलित टोलीले अनुसन्धान सुरु गरेको हाम्रा सहकर्मीले जनाएका छन् । 


प्रतिक्रिया