पाकिस्तानको स्वतन्त्रताको ७५ औं वर्ष

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०७९

पाकिस्तानले मुलुकको स्वतन्त्रताको ७५ औं मनाइरहेको अवसरमा नेपालमा पाकिस्तान परिचयात्मक कार्यक्रमको आयोजना गरेको छ । पाकिस्तानको भुमिको साहसिक तथा प्रकृतिक महत्वलाई जोड दिंदै काठमाडौं स्थित पाकिस्तानी दुतावासले एक कार्यक्रमको आयोजना गरेको हो । नेपालका लागि पाकिस्तानका राजदुत सैयद हैदर शाहले पाकिस्तानी परम्परा र यसका महत्वका बारेमा कार्यक्रममा जानकारी दिनुभएको थियो । यो वर्षभरी नै पाकिस्तानले आफ्नो मुलुकको ७५ औं स्वतन्त्रता दिवस मनाइरहेको छ । कार्यक्रममा राजदुत शाहले नेपाल र पाकिस्तानबीचको सम्बन्ध ऐतिहासिक, धार्मिक तथा परम्परागत रहेको बताउनुभएको थियो ।सन् १९४७ मा बेलायती साम्राज्यबाट स्वतन्त्र भएको दिनको सम्झनामा पाकिस्तानले स्वतन्त्रता दिवस मनाउँदै आएको छ । 


प्रतिक्रिया