बुढीगंगाको पुन: मतदानमा एक हजार बढी सुरक्षाकर्मी

असार २१, २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा पर्सी विहिवार हुने स्थानीय तहको पुन: मतदानका लागि एक हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । दश वटा मतदानस्थल रहेको सो पालिकामा हरेक मतदानस्थलमा करिब एक सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको सुरक्षा निकायले जनाएको छ । 

बैशाख ३० गतेको निर्वाचन स्वच्छ र स्वतन्त्र रुपमा हुन नसकेपछि निर्वाचन आयोगले बुढीगंगाको निर्वाचन स्थगित गरी पुन: निर्वाचन गराउने निर्णय गरेको थियो । १० वटा मतदानस्थल र १९ वटा मतदान केन्द्रमा रहेको बुढीगंगामा पुन: मतदान गराउन ९५ जना कर्मचारी खटिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

१० वडा रहेको यस नगरपालिकाको कूल मतदाता संख्या १२ हजार ६ सय ५९ मतदाता छन् । मतदानस्थल रहेको विद्यालयमा एक साताअघि नै विदा दिइसकिएको छ भने आजदेखि तीन दिन नगरपालिकाका सबै विद्यालयहरु बन्द गरिएका छन् । 


प्रतिक्रिया