बुढीगंगामा एमाले उम्मेदवारको अग्रता

असार २४, २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा पुन: मतदानको प्रारम्भिक मतगणनामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । एक हजार मत गणना हुँदा नगरप्रमुख पदमा एमाले उम्मेदवार रामबहादुर बानियाँले ५ सय २० मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ४ सय २७ मत प्राप्त गर्नु भएको छ । बैशाख ३० गते स्थगित भई विहीबार सम्पन्न पुन: मतदानको शुक्रबार अपरान्हदेखि गणना सुरु भएको हो । १० वटा वडा रहेको नगरपालिकामा सुरुमा वडा नम्बर १ र १० नम्बरको गणना भइरहेको छ । 

एक हजार १ सय ९ मत खसेको १० नम्बरमा ६ सय गणना हुँदा एमाले उम्मेदवारले ३ सय ३५ र कांग्रेस उम्मेदवारले २ सय ४८ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । यस्तै ८ सय ३१ मत खसेको वडा नम्बर १ मा ४ सय मत गणना हुँदा एमाले उम्मेदवारले १ सय ८५ र कांग्रेस उम्मेदवारले १ सय ९५ मत प्राप्त गरेका छन् । गणना भइरहेका दुबै वडामा वडाध्यक्ष पदमा पनि एमाले उम्मेदवारकै अग्रता छ । १३ हजार ६ सय ५९ मत कूल मतदाता रहेको बुढीगंगामा ९ हजार १ सय २८ खसेको छ । 


प्रतिक्रिया