बुढीगंगामा एमाले उम्मेदवार विजयी

असार २६, २०७९

बाजुराको बुढीगंगा नगरपालिकामा भएको पुन: मतदानमा प्रमुख, उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । नगर प्रमुखमा रामबहादुर बानियाँ र उप प्रमुखमा माया कुमारी खड्का कुँवर बिजयी हुनु भएको हो । बानियाँ ४ हजार ७ सय ७७ मतका साथ बिजयी हुनुभयो । कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३ हजार ७ सय ७४ मत प्राप्त गर्नुभयो । उप प्रमुख पदमा विजयी कुवँरले ४ हजार ७ सय २७ मत प्राप्त गनर््ुभयो । 

उहाँका प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार रिता शाही शाहले ३ हजार ७ सय ५५ मत प्राप्त गर्नुभयो । बाँनिया र कुँवर ०७४ को स्थानीय निर्वाचनमा पनि एमालेबाट उम्मेदवार बनेपनि कांग्रेस उम्मेदवारसंग पराजित भएका थिए । १० वडा रहेको बुढीगंगामा ७ वटा वडाका वडाअध्यक्ष पदमा एमाले उम्मेदवार बिजयी भएका छन्, । कांग्रेसले ३ वडा जितेको छ । बुढीगंगामा वैशाख ३० को निर्वाचन स्वतन्त्र हुन नसकेपछि निर्वाचन आयोगले पुन: मतदान गराउने निर्णय गरेको थियो । 


प्रतिक्रिया