बाढीबाट विस्थापित ९० प्रतिशत सर्वसाधारण विरामी

श्रावण २५, २०७९

सप्तकोसीले धार परिर्वन गरि पसेर जलमग्न भएको वेलका नगरपालिका क्षेत्रका ९० प्रतिशत विस्थापित विरामी परेका छन् । बाढीका कारण विस्थापित भई विभिन्न शिविरमा बस्दै आएका सर्वसाधारणमा उच्च ज्वरो, झाडापखला र वाकवाकीसगै वान्ता हुने समस्या देखा परेको हो । 

झण्डै दुई महिना यता पश्चिम धार कटान गर्दे आएको कोसीले साउन १८ गते वेलका नगरपालिका ८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्रका गाउँमा पसेको थियो । कोसी पसेपछि वेलका नगरपालिका ९, ८, २ र ३ नम्वर वडका भाटेपुल, सिसौली चौरी, एकता, चिलिया, दुर्गामन्दिर , एबीसी टापु बाढीको जोखिममा परेका छन् । बाढी वस्तीमा परेपछि अहिलेसम्म १ सय ९ परिवारको १ हजार ५१ जना विस्थापित भएको प्रहरी उपरिक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताउनुभयो । 


प्रतिक्रिया