दार्चुलामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

भाद्र १, २०७९

दार्चुलाको शैल्यशिखर नगरपालिका ६ उल्लानीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ जाँदै गरेको से १ ज ५५१ नम्बरको जीप दुर्घटना हुँदा ४ जना पुरुष र एक जना महिलाको मृत्यु भएको प्रहरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् । 

मालिकार्जुन मन्दिर जाने प्रवेशद्वारबाट १ किलोमिटर गोकुलेश्वर तर्फको क्षेत्रमा जीप दुर्घटना भएको जनाइएको छ । मृतकको सनाखत भने हुन सकेको छैन । घटनास्थलमा प्रहरी र स्थानीय खटिएका छन् । 


प्रतिक्रिया