अपर अरुण जलविद्युत आयोजनाबाट असर पर्ने क्षेत्रको जग्गाको मुआव्जा वितरण गरिने

भाद्र २, २०७९

संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण जलविद्युत आयोजनाबाट असर पर्ने क्षेत्रको जग्गाको मुआव्जा ७ लाख देखि १५ लाख सम्म वितरण गरिने भएको छ । आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ को जग्गाको मुआब्जा दर निर्धारण गरेको हो । उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ । 

कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख मूल्य तोकिएको छ । त्यस्तै हटिया ८, ९ र चेपुवा १ को अलैंची बालीसहितको जग्गा प्रतिरोपनी नौ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलौची बाली नभएको पाखा बारीको प्रतिरोपनी सात लाख कायम गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो । 


प्रतिक्रिया