शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि विद्यालय बन्द

भाद्र ३, २०७९

शिक्षक र विद्यार्थीमा कोरोना देखिएपछि गोरखास्थित आरुघाट गाउँपालिका ८ को दरवार मावि आरुपोखरीको पठनपाठन एक साताका लागि बन्द गरिएको छ । आरुपोखरीमा ६६ जनाको कोरोना परिक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक सुनिता अधिकारीले बताउनुभयो । 

संक्रमण पुष्टि भएका मध्ये १५ जना विद्यार्थी र एक शिक्षक हुन् । थप संक्रमण फैलिन नदिन भदौ १० गते सम्म भौतिक उपस्थितिको पठनपाठन बन्द गरिएको विद्यालयले जनाएको छ । 


प्रतिक्रिया