रोल्पामा झुण्डिएर आत्महत्या गर्ने बढे

भाद्र ६, २०७९

रोल्पामा झुण्डिएर आत्महत्या गर्नेको संख्या बृद्धि भएको छ । विगत ५ वर्षको अवधिमा आत्महत्या गर्ने ३ सय ३७ जनामध्ये झुण्डिएर आत्महत्या गर्ने बढी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आत्महत्या गर्नेमा सदरमुकाम लिबाङ नजिकैका स्थानीयबासी बढी छन् । 

५ वर्षको अवधिमा झुण्डिएर आत्महत्या गर्ने २ सय २९ जना छन् भने त्यस अवधिमा विष सेवन गरेर आत्महत्या गर्नेहरु १ सय ८ जना छन् । जिल्ला प्रहरी कार्यालयका निरीक्षक प्रकाश भुसालले घटनापछि प्रहरीमा खबर गर्ने चलन कम भएकाले केही घटना छुटेको हुनसक्ने बताउनुभयो । 


प्रतिक्रिया