बुटवलमा १ अर्ब ११ करोड रुपैयाँको लागतमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण

भाद्र ११, २०७९ | बुटवल

अन्तराष्ट्रिय स्तरका सभा, सम्मेलन, गोष्ठी गर्न मिल्ने गरी बुटवलमा अन्तराष्ट्रिय सम्मेलन केन्द्र निर्माण भएको छ । रामनगरस्थित बुटवल मण्डपमा ९ बिगाह ६ कठ्ठा क्षेत्रफलमा सम्मेलन केन्द्र फैलिएको छ । सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । 

१ अर्ब ११ करोड रुपैयाँ लागतमा शहरी विकास मन्त्रालयले सम्मेलन केन्द्र निर्माण गरेको हो । सम्मेलन केन्द्रमा मुख्य सभाहल सहित २ हजार जना व्यक्ति अट्ने क्षमताका १३ वटा हल छन् । एक हजार जना अट्ने मुख्य सभाहलको नाम गौतमबुद्ध राखिएको छ । २०७१ माघ १५ मा बुटवल सम्मेलन केन्द्र निर्माणको काम सुरु भएको थियो । 


प्रतिक्रिया