वर्षाले बर्दियामा सात सय बढी घर डुबानमा

आश्विन १, २०७९ | बर्दिया

बर्दियामा लगातार तीन दिन देखि परेको अविरल वर्षाका कारण करिब सात सय बढी घर डुबानमा परेका छन् । डुवानबाट सबै भन्दा बढी राजापुर र ठाकुरबाबा नगरपालिकाका केही वडा बढी प्रभावित भएको छ । 

राजापुर नगरपालिकाको १ देखि ८ सम्मका वडामा ६ सय ५९ घर परिवार डुबानबाट प्रभावित भएका छन् । डुबानबाट विस्थापित भएकाले विद्यालय,सामूदायिक वनको भवन लगायत सुरक्षित स्थलमा आश्रय लिएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद बास्तोलाले बताउनुभयो ।

राजापुरमा पछिल्लो २४ घण्टामा २ सय २७ मिलि लिटर वर्षा भएको स्थानीय प्रशासनले जनाएको छ । यहाँका बबई,कर्णाली र साना,ठुला खोलामा पानीको बहाव उच्च भएको छ । यस्तै ठाकुरबाबा नगरपालिकाका वडा नम्बर ७ र ५ मा डुवानबाट प्रभावित ३५ घर परिवारलाई अन्यत्र स्थान्तरण गरिएको छ । यस क्षेत्रमा दुई साता अघि आएको वर्षातले तीन दर्जन बढी घर अन्यत्र स्थान्तरण गरिएको थियो । ठाकुरबाबा नगरपालिकको राजकुना र कर्मना गाँउ डुवानले प्रभावित भएको हो ।  


प्रतिक्रिया