एमाले र लोसपाबीच तालमेलको गृहकार्य शुरु

रेडियो कान्तिपुर संवाददाता

आश्विन ११, २०७९

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेलको गृहकार्य शुरु भएको छ । अनौपचारिक तहको थुप्रै छलफलपछि दुईले आजबाट औपचारिक छलफल शुरु गर्न लागेका हुन् । सत्ता गठबन्धनसँग चुनावी तालमेलको सम्भावना टर्दै गएपछि लोसपाले एमालेसँग तालमेलका लागि सक्रियता बढाएको हो ।

नागरिकता विधेयक पारित गर्न एमाले तयार नभए पनि त्यसले चुनावी तालमेलमा असर नगर्ने लोसपा नेताको भनाइ छ । लोसपाले वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा गत शुक्रबार ६ सदस्यीय कार्यदल गठन गरेको छ । लोसपासँगको तालमेलको विषयमा सकारात्मक हुंदै गएको एमाले नेता विशाल भट्टराईले बताउनुभयो । 


प्रतिक्रिया