पार्टी मुख्यालयमा काङग्रेस संस्थापन इतर पक्षको धर्ना

रेडियो कान्तिपुर संवाददाता

आश्विन १२, २०७९ | काठमाडौं

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेतृत्वले समानुपातिकको बन्दसूचि एकलौटी ढंगमा बनाएको भन्दै नेपाली कंग्रेसको संस्थापन इतर पक्षले ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा धर्ना दिएको छ । संस्थापन इतर पक्षका नेता–कार्यकर्ताले आज पार्टी कार्यालयमा दुई घण्टा धर्ना दिएका हुन् ।

 संस्थापन इतरको बैठकले पार्टीभित्रको एकता, समान अवसर र न्यायको सुनिश्चतता नभए विरोधमा उत्रिने निर्णय गरेको थियो । उनीहरुले तत्काल समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन माग गरेका छन् भने प्रत्यक्षतर्फ टिकट वितरणमा समेत सबैलाई न्याय हुने गरी उम्मेदवार चयन हुनुपर्ने माग गरेका छन् । नेतृत्वको ध्यानाकर्षणका लागि भोली खबरदारी भेलाको आयोजना गरिएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताउनुभयो । 


प्रतिक्रिया