मोटरसाइकलको पाङ्ग्रामा सल बेरिएर महिलाको हात चुँडियो

कार्तिक १२, २०७९ | तनहुँ

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा गुड्दै गरेको मोटरसाइकलको पाङ्ग्रामा सल बेरिएर एक महिलाको हात चुँडिएको छ । व्यास नगरपालिका–५ पाटनबाट झापुटार जाँदै गरेको ग १७ प ३४७२ नम्बरको मोटरसाइकलमा सवार २९ वर्षीया रेनु थापाको सल मोटरसाइकलको पाङ्गामा बेरिदा हात चुँडिएको प्रहरीले जनाएको छ । 

उनको बाँया हात कुहिनो भन्दा तलबाट चुँडिएको प्रहरीले जनाएको छ । बाइकमा सवार घाइते थापाकी छोरी र चालक भने सकुशल छन् । बाइकमा सवार थापा मात्रै बाइकबाट लडेकी थिइन् । घाइते थापालाई दमौली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । 


प्रतिक्रिया