बाजुरामा मतपेटिकामा आगलागी

मंसिर ४, २०७९ | बाजुरा

बाजुराको स्वामीकात्तिक गाउँपालिका–१ मतदानस्थलमा प्रदेश सभाको समानुपातिक मतपेटिकामा आगलागी भएको छ । आगलागीको कारण खुल्न नसकेको मतदान अधिकृत रामकुमार यादवले बताउनुभयो ।

 आफूहरु मतदातालाई मतपत्र दिएर मतदानका लागि पठाउँदै गरेको, उता मतपेटिकाबाट अचानक धूवाँ निस्किएको यादवले बताउनुभयो । उहाँका अनुसार कुल ८ सय ४० मतदाता रहेकोमा सो केन्द्रमा ५ सय २८ मत खसेको थियो । 


प्रतिक्रिया