नवलपरासीमा मतपेटिकामा आगलागी

मंसिर ४, २०७९ | नवलपरासी

पूर्वी नवलपरासीको झाक्रेमा रहेको एक मतदान केन्द्रको मतपेटिकामा आगजनी गरिएको छ । देबचुली नगरपालिका–४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालयको बुथमा रहेको प्रदेश समानुपातिकतर्फको मतपेटिकामा आगजनी भएको हो । 

आगजनी गर्ने स्थानीय नारायण भण्डारीलाई प्रहरीले पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताउनुभयो ।


प्रतिक्रिया