रामेछापमा ४८ प्रतिशत मतदान, सोमबारबाट गणना गरिने

मंसिर ४, २०७९ | रामेछाप

 रामेछापमा शान्तिपूर्ण रुपमा मतदान सकिएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार जिल्लामा कुल ४७ दशमलव ८७ प्रतिशत मतदान भएको छ । रामेछापमा कुल १ लाख ८३ हजार ३ सय ९ जना मतदाता रहेकोमा कुल ८७ हजार ७ सय ५७ जनाले मतदान गरेका छन् ।

मूख्य निर्वाचन कार्यालयका अनुसार हाल जिल्लाका विभिन्न भागबाट मतपेटिकाहरु जिल्ला सदरमुकाम तर्फ ल्याइदै छ ।

मतपेटिका संकलन पश्चात सर्वदलिय बैठक राखेर सोमबार विहान देखि मतगणनाको कार्य थालनी हुनेछ । मतगणना स्थललाई तारबार लगाई सुुरक्षित पारिएको छ ।  


प्रतिक्रिया